
काठमाडौ । दिल्लीको पटियाला हाउस अदालतले एयर इन्डियाको विमानमा एक वृद्ध महिलामाथि पिसाब गरेको आरोपमा पक्राउ परेका शंकर मिश्रलाई जमानत दिन अस्वीकार गरेको छ। गत नोभेम्बरमा एयर इन्डियाको विमानमा एक वृद्ध महिलामाथि पिसाब गरेपछि मिश्रालाई भारतीय प्रहरीले गत हप्ता बेंगलुरुबाट पक्राउ गरेको हो।पक्राउ पर्दा अभियुक्त आफ्नी बहिनीको घरमा थिए। यसअघि अभियुक्तका पिताले छोरा निर्दोष भएको दाबी गरेका थिए।