१५ माघ २०७९, आईतवार
 |   Sun Jan 29 2023
Logo

बागमतीको सभामुखका लागि कांग्रेसले अघि सार्‍यो अधिकारीलाई



हेटौंडा । बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसबाट धादिङका शिवराज अधिकारी उम्मेदबार बन्ने भएका छन् ।

धादिङ क्षेत्र नं. २ प्रदेश (१) बाट समानुपातिकतर्फबाट निर्वाचित सांसद अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए ।सत्ता साझेदार दलहरुको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार छन् । सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमतिअनुसार बुधबार राप्रपाले गरेको थियो ।

सत्ता साझेदार पाँच दलसँग ७० सांसद रहेका छन् भने सबैभन्दा ठूलो दल भएरपनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ र नेमकिपाका ३ सांसद छन् ।बागमती प्रदेश सभा सचिवालयले बिहान १०:३० बजेदेखि २ बजेसम्मका लागि सभामुखको मनोनयनको समय तोकेको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्ण हरि खड्काका अनुसार मनोनयन दर्ता सकिएपछि दिउँसो २:३० बजेदेखि ३:३० बजेसम्मका लागि मनोनयन फिर्ताको समय तोकिएको छ । यसैगरी दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।सभामुखको निर्वाचन कार्यक्रम शुक्रबार बिहान ११ बजेका लागि प्रदेश सभा हलमा राखिएको प्रदेश सभा सचिवालयका सचिव खड्काले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय