१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

बागमती प्रदेश सभामुखमा राप्रपाका पाठकले गरे उम्मेदवारी दर्ता



काठमाडौ । बागमती प्रदेश सभाको सभामुख पदको लागि सत्ता गठबन्धन तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भुवन पाठकले उम्मेदवारी दर्ता गरेका छन्। काठमाडौंका पाठक समानुपातिक तर्फबाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन्।

सत्ता समीकरण मिलाउने क्रममा गठबन्धनले बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउने सहमति भएको थियो।

सोही सहमति अनुसार आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाको समर्थन तथा सांसद युवराज दुलालको प्रस्तावमा राप्रपाका पाठकले सभामुखमा उम्मेदवारी दिएका हुन्। 

बागमती प्रदेश सभामा अहिले कांग्रेसका ३७, एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ गरी एक सय १० जना प्रदेश सभाका सदस्य छन्।


प्रतिक्रिया दिनुहोस !