१५ माघ २०७९, आईतवार
 |   Sun Jan 29 2023
Logo

म्यानपावर सञ्चालकले २१ जनालाई भरिया बनाई ५३ हजार युरो विदेश पठाउन खोज्दा…



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट २१ जना नेपाली यात्रु विदेशी मुद्रासहित समातिएका छन् । फ्लाई दुबईको एफजेड ५७४ उडानबाट गए राति दुबई हुँदै क्रोयसिया जान लागेका उनीहरुलाई प्रहरीले करिब ७३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित नियन्त्रणमा लिएको बताइएको छ ।

ती यात्रुलाई बसुन्धारास्थित जनशक्ति म्यानपावरका सञ्चालक पदम विश्वकर्माले भरिया बनाएर ५३ हजार युरो उता पठाउन लागेको तथ्य खुलेको छ । यात्रुको सुरक्षा जाँच गर्ने क्रममा साथबाट खाममा युरो फेला परेको हो । उनीहरुसँगै सञ्चालक विश्वकर्मालाई विमानस्थलबाटै समातिएको प्रहरीको भनाइ छ ।

विश्वकर्माले ती यात्रुलाई दिएको खाममा २ हजार,२५ सय र कुनै खाममा ३ हजार युरो राखिएको थियो । क्रोयसियाको विमानस्थलमा लिन आउने व्यक्तिलाई खाम दिन भनिएकाले उनीहरुले खामभित्र विदेशी मुद्रा राखिएको बारे आफूहरुलाई जानकारी नभएको बताएका छन् ।

थप अनुसन्धानको निम्ति ती सबैलाई आज बिहान ५ बजे प्रहरीका विभिन्न वृत्तमा लगिएको छ । नौ जनालाई प्रहरी वृत्त मालीगाउँ, अर्का नौ जनालाई प्रहरी वृत्त बानेश्वर र चार जनालाई प्रहरी वृत्त गौशाला लगिएको छ । उनीहरुविरुध्द विदेशी विनिमय ऐनबमोजिम राजश्व अनुसन्धान विभागमार्फत् मुद्दा चलाउने तयारी छ ।

विश्वकर्माले प्रहरीसँग उताको कम्पनीले भीसावापतको कमिसन पठाएको बताए पनि कालो धनलाई सेतो बनाउन विदेश लैजान खोजेको अनुमान छ । २१ जनालाई रकम आफैँले उपलब्ध गराएको उनले स्वीकारेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय