१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

सुदूरपश्चिम र कर्णालीमा भोलि र पर्सी हिमपात हुने



काठमाडौं । आज पनि मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो । आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु-भागमा हुस्सु र कुहिरो लागेको छ र बांकी भू-भाग सामान्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही ठाउँमा दिउँसो र राति हिमपात हुने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत पहाडी भू-भागमा बिहीबार भने बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना रहेको छ । यो क्रम शुक्रबारसम्मै रहने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय