७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

स्याङ्जाको खेलमैदानमा हेलिकप्टर अवतरण गरेपछि केहीबेर झडप



कास्की । स्याङ्जाको वालिङ खेलमैदानमा बिहीबार खेल चलिरहेकै समय एक्कासी हेलिकप्टर अवतरण गरिएपछि केहीबेर झडप भएको छ । ‘वालिङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल’ खेल चलिरहँदा वालिङका विनोद गैह्रेले बिनासूचना प्रभु कम्पनीको हेलिकप्टर अवतरण गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । उनका अनुसार हेलिकप्टर अवतरण हुँदा खेल रोकिएको थियो । खेल जारी रहेकै बेला हेलिकप्टर अवतरण गरेपछि मैदानमा केही समय झडप भएको थियो ।खेल प्रतियोगिता चलिरहँदा हेलिकप्टर ल्यान्ड गर्नु लापरबाही भएको प्रजिअ क्षेत्रीले बताए । उनले ल्यान्ड किन गरे भन्ने विषयमा अनुसन्धानपछि नै जानकारी हुने बताएका छन् । बिनासूचना हेलिकप्टर ल्यान्ड गरेपछि कारबाहीका लागि नागरिक उड्डयन प्राधिकरण पोखरामा सिफारिस गरिसकिइएको पनि प्रजिअ क्षेत्रीले जनाए । उनका अनुसार हेलिकप्टरमा ४ जनामात्र यात्रु थिए । केही समय रोकिएको प्रतियोगिता पुनः सञ्चालन गरिएको थियो


प्रतिक्रिया दिनुहोस !