११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

गृहमन्त्री लामिछाने कलब्रेक र म्यारिज टिमको सदस्य रहेको आरोप



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका टेलिभिजन प्रस्तोता हुँदा ताकाका चर्का कुरा र अहिले मन्त्री बनेपछि देखाएको व्यवहारले उनीमाथि ‘कलब्रेक’ र ‘म्यारिज’ टिमको सदस्य बनेको आरोप लागेको छ । सामाजिक सञ्जालमा उनलाई ‘कलब्रेक’ र ‘म्यारिज’ टिममा आफैँ सदस्य हुन पुगेको भन्दै व्यङ्ग्य गरिएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ता नारायण अधिकारीले फेसबुकमा उक्त स्टाटससहित अरुले लेखेका केही स्टाटससमेत सेयर गरेका छन् । उनी पहिले टेलिभिजन प्रस्तोता हुँदा सरकार र सरकारी निकायमा भएका सामान्य बेथितिलाई पनि चर्का शब्दमा उरालेर वाहवाही लिने गरेकाले पनि अहिले उक्त आरोप लगाइएको बुझ्न सकिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमेत रहेका लामिछानेको एकल निर्णयबाट उनको दलका सांसदलाई मन्त्री बनाइएको विषय सार्वजनिक भइसकेको छ । एमालेको भागमा परेको स्वास्थ्य मन्त्रालयमा आफ्नो पार्टीको तर्फबाट सांसद डा। तोसिमा कार्कीलाई राज्यमन्त्री बनाइएपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको हो ।

सम्भवतः उनी टेलिभिजन प्रस्तोता नै भएको भए र अहिलेको अवस्थाको मन्त्रिमण्डल बिस्तार भएको भए उनले भन्ने विषयलाई सामाजिक सञ्जालमा उठाइएको हो । अधिकारीले फेसबुकमा भेटेको भन्दै सेयर गरेका छन्, ‘यति सानो मुलुकमा एउटा स्वास्थ्यमन्त्री हुँदाहुँदै अर्को स्वास्थ्य राज्यमन्त्री किन चाहियो रु ४–४ जना उपप्रधानमन्त्री किन चाहियो रु भागबण्डा गर्न रु मिलेर कति खाने भनेर अंशबण्डा गर्न रु जनताले तिरेको कर लुटेर खान रु आउनुस् शुरु गरौं जनताको चासो र जिज्ञासासहितको कार्यक्रम ‘सीधा कुरा’ ।’

उनै अधिकारीले रविको विगतको कार्यक्रममा बोल्ने गरेको शैलीको नक्कल गर्दै भनेका छन्, ‘यदि रवि लामिछाने आजसम्म टीभी कार्यक्रम प्रस्तोता भएका भए टिभीमै कराउँदै यसो भन्थे होलान्– प्रचण्डज्यू,४–४ जना उपप्रधानमन्त्री किन चाहियो, कल ब्रेक खेल्न रु अझै १ जना थप्या भए ५ जनाको म्यारिज खेल्ने टिम त बन्थ्यो नि १’

उनको सिफारिसमा वैदेशिक रोजगार कम्पनीका एजेण्ट डोलप्रसाद अर्याललाई श्रममन्त्रीमा नियुक्त गरिएको विषय पनि चर्को आलोचनाको विषय बनेको छ ।


प्रतिक्रिया दिनुहोस !