१३ मंसिर २०८०, बुधबार
 |   Wed Nov 29 2023
Logo

अस्पतालबाट आज डिस्चार्ज हुँदै वर्षमान, नियमित फलोअप गरिराख्नुुपर्ने



काठमाडौ । स्वास्थ्य अवस्था कमजोर भएपछि आकस्किम रुपमा रोल्पाबाट काठमाडौं ल्याएर उपचार गराइरहेका पुन एक हप्ता अस्पताल बसाइपछि डिस्चार्ज हुन लागेका हुन्।

उनी निजी चिकित्सक डा. युवराज शर्माका अनुसार स्वास्थ्यमा केही सुधार आएसँगै आज डिस्चार्ज गर्न लागिएको हो। यद्यपि फलो अप उपचारका लागि भने उनी अस्पताल आइरहनुपर्ने उनले बताए।

‘जुन समस्या भएर उहाँ अस्पताल आउनुभएको छ। त्यो समस्यामा केही कमी भएपछि हामीले डिस्चार्ज गर्न लागेका हौं,’ डा. शर्माले भने, ‘निगरानीमा बसिरहनुपर्नेछ। उहाँ फलोअपका लागि आइरहनुपर्ने हुन्छ।’

जन्डिसले कलेजोमा कमजोर गराएको कारण त्यसलाई समाधान गर्नेगरी चिकित्सकहरुको टोलीले सल्ला गरिरहेको पनि उनले बताए।

वंशाणुगत जन्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए।

उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो।

नेपालबाट जाँदा पुनमा निद्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुचि तथा तारन्तार वान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए। उपचारपछि भने ती समस्या हटेको थियो। पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टु सिन्ड्रोम’ भनिन्छ।

गत वर्ष पनि रोगले च्यापेपछि पहिला थाइल्यान्ड र पछि चीनमा उपचार गराएका थिए। पुनको उपचारमा डा। चेन नेतृत्वको विशेषज्ञ टोली सहभागी थियो। चिकित्सकले बिलरुबिन नियन्त्रित अवस्थामा राख्न पर्याप्त आरामको जरुरत रहेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस !