
काठमाडौं । कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टीमबाट गरिएको निलम्बन फुकुवा गर्नेबारे नेपाल क्रिकेट संघ ९क्यान० अन्योलमा देखिएको छ । अदालतको आदेशमा सन्दीप रिहा भइसके पनि उनीमाथिको मुद्दा विचाराधीन नै रहेकाले क्यान दोधारमा परेको हो ।
पाटन उच्च अदालतले बलात्कार आरोपी सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा गत साता रिहा गरेको थियो । अदालतले उनीमाथि विभिन्न शर्तहरु लगाएको भए पनि क्रिकेट खेल्न रोक लगाएको छैन । त्यसैले, सन्दीप फेरि राष्ट्रिय टीममा फर्केर क्रिकेट खेल्न पाउनेमा आशावादी छन् । तर, बाह्य दवावमा परेको क्यानले निर्णय लिन सकेको छैन ।
क्यान अध्यक्ष चतुरबहादुर चन्द सन्दीपमाथिको निलम्बन फुकुवा गर्न तत्पर छन् । सन्दीप रिहा भएपछि उनलाई राष्ट्रिय टीममा फर्काउने सम्भावनाबारे सकारात्मक प्रतिक्रिया दिएका थिए । तर, मुद्दा किनारा नलागुञ्जेल राष्ट्रिय टीममा फर्काउन हतार गर्नु नहुने सामाजिक सञ्जालमा आवाज उठेपछि उनी अलमलमा परेका हुन् ।