
काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले आयोजना गरेको सांगीतिक साँझमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री सहितका नेताहरु उपस्थित भएका छन् ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई सहभागी भएका छन् । कार्यक्रममा दुई देशको विभिन्न परम्परा झल्कने सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।