११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते



काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ आउँदै गरेको बा. प्र.०१०२६च ९२१३ नं-को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर-७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।

दुर्घटनापछि प्रहरीले उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा तीन जनाले चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताए । घाइते भएका दैलेख भैरवी गाउँपालिका-५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । छातीमा चोट लागेका उनी बोल्ने सक्छन् । गाडी सडकबाट ७०/८० मिटर तल खसेको छ ।


प्रतिक्रिया दिनुहोस !