१५ माघ २०७९, आईतवार
 |   Sun Jan 29 2023
Logo

सोल्टी होटलमा सुरु भएको दुबई मेलामा प्रहरीको हस्तक्षेप



काठमाडौं । दुबई प्रोप्रटी मेला रोकिएको छ। दुबईको रियलस्टेट कम्पनी ड्याम्याकले आयोजना गरेको मेला प्रहरीले रोकेको हो। शनिबारदेखि काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको मेला प्रहरीको हस्तक्षेपमा आज रोकिएको हो।

नेपाल राष्ट्र बैंकले समेत यस्तो मेला आयोजना गर्न नहुने बताएको थियो। विगतमा समेत यस्तो मेला आयोजना हुँदै आएको छ। आफैँमा नेपालीहरुले विदेशमा लगानी गर्न नपाउने व्यवस्था रहेको भए पनि यस्ता मेला नेपालमा आयोजना हुँदै आएको छ। राष्ट्र बैंकले यस्ता मेला आयोजना गर्न नहुने भन्दै सूचना नै जारी गरेको थियो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय