१५ माघ २०७९, आईतवार
 |   Sun Jan 29 2023
Logo

दार्चुला सदरमुकाममा चिसोले धमाधम मर्दै छाडा पशुचौपाया, सडक किनारमा गाडिदै



दार्चुला । महाकाली नगरपालिकामा छाडा पशुचौपाया व्यवस्थापनका लागि गौशाला नहुदा छाडा पशु चौपायाहरुलाई मरेपछि सडक छेउमा गाड्ने गरेको पाईएको छ । छाडा चौपायामध्ये केहिलाई त नगरपालिकाले खुलामन्चको छेउँमा रहेको जीर्ण अवस्थाको कबर्डहलमा राखेको छ । तर उक्त कबर्डहलको दक्षिणतर्फ खुला छ । त्यहाँ न भित्ता छ, न त तारबार लगाइएको छ । त्यहाँ हिउँदको चिसो र गोठको उचित प्रवन्ध नहुँदा गाई मरिरहेका छन् ।

दक्षिणतर्फ भीर भएकाले खसेर केहि दिन अघि मात्रै दुई गाईवस्तु मरेका छन् । त्यहाँ भीरबाट खसेर मरेका दुई ओटा गाई महाकाली कोरिडोर सडक छेउँमा खाडल खनि पुरिएका छन् ।

नगरपालिकाले गाईको हेरचाह गर्न मान्छे खटाएको साथै खर, पराल, भुस, पानीको प्रवन्ध गरेको जनाएको छ । तर, नगरपालिकाले भने जस्तो त्यहाँ राम्रो व्यवस्था छैन । नगरपालिकाले अहिले कबर्डहलको महाकाली नदी किनार क्षेत्रतिर तारबार लगाउने काम गरिरहेको छ । यस्तै गाईवस्तुका लागि पानी खुवाउने प्रवन्धको संरचना बनाइरहेको नगरपालिकाले जनाएको छ ।

खलंगाका स्थानीयले पशु चौपाया छाडा रुपमा बजार छोड्दा बजार दुर्गन्धित हुनुका साथै हिडडूल गर्नसमेत समस्या हुने गरेको छ । केहि समय बजारमा थोरै देखिएका पशुचौपाया फेरी बढ्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय