१६ माघ २०७९, सोमबार
 |   Mon Jan 30 2023
Logo

अमेरिकामा बन्दुकधारीको गोली प्रहारबाट कम्तिमा पनि १० जनाको मृत्यु



काठमाडौं । अमेरिकाको लस एञ्जल्समा बन्दुकधारीको गोली प्रहारबाट कम्तिमा पनि १० जनाको मृत्यु भएको छ । चिनियाँ नयाँ वर्षको अवसरमा मोन्टेरे पार्क क्षेत्रमा भएको एउटा मनोरञ्जनात्मक कार्यक्रमा गोली चलेको हो ।

गोली हान्ने फरार छन् र उनले गोली हान्नुको कारण खुलेको छैन । अमेरिकी सुरक्षा अधिकारीहरुले भिडियोमा गोली हान्ने मानिस देखिएको र उसको पहिचान र खोजबिनको काम भइरहेको बताएका छन् । गोली प्रहार भएको ठाउँमा एशियाली मुलका मानिसको बाक्लो उपस्थिति रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय