१५ माघ २०७९, आईतवार
 |   Sun Jan 29 2023
Logo

दुई नेपालीको हत्या गरेको आरोपमा ४ नेपाली र ५ भारतीय पक्राउ



एजेन्सी । भारतमा अपहरणपछि दुई नेपालीको हत्या गरेको आरोपमा ९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्काका अनुसार नेपालमा ४ जना र भारतमा ५ जना पक्राउ परेका छन्। जनकपुर उपमहानगरपालिका ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको अपहरणपछि हत्या भएको थियो। उनीहरुको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरु प्रहरीले सार्वजनिक गरेको छैन। ‘उनीहरुको संलग्नता रहेको आशंकामा पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं। उनीहरु हत्या गरिएका व्यक्तिसँग कनेक्सन देखिएको छ। थप अनुसन्धानपछि सबै कुरा सार्वजनिक गर्छौं’, एसपी खड्काले भने।

दुई नेपाली २७ गते भारतमा अपहरणमा परेका थिए। अपहरणपछि फिरौती माग गरे पनि अपहरणकारीले उनीहरुको हत्या गरेका थिए। २८ गते प्रहरीमा जाहेरी परेपछि प्रहरीले अपहरअणकारीको खोजि गर्नेक्रममा दुवै जनाको शव फेला पारेको थियो। मृतक दुवैको शव आइतबार धनुषा ल्याएर अन्तिम संस्कार गरिएको छ। घटनाको थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय