१५ माघ २०७९, आईतवार
 |   Sun Jan 29 2023
Logo

काम नगर्ने कर्मचारीहरुले राजीनामा दिनुस् : मन्त्री किराँती



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना जहाजहरुको रिपोर्ट हरेक दिन मन्त्रालयमा पेस गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् । कुन जहाज, कति बजे, कहाँ डिले भयो ? भन्नेबारे रिपोर्ट आफूलाई हरेक दिन बुझाउन निगमका पदाधिकारीलाई मन्त्री किरातीले निर्देशन दिएका हुन् । उनले निगमको समस्या समाधान हुने गरी बिजनेस प्लान तत्काल बनाएर आफू समक्ष पेस गर्न पनि निगम पदाधिकारीलाई सचेत गराएका थिए ।

सोमबार मन्त्रीका लागि निगम व्यवस्थापनले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले नेपाल वायु सेवा निगमलाई गौरवको विषय बनाउने गरी तत्काल कार्ययोजना बनाउन पनि निर्देशन दिएका थिए । यदि त्यसो गर्न नसक्ने हो भने निगम पदाधिकारीहरुले तत्काल राजीनामा दिनुपर्ने भन्दै मन्त्री किरातीले चेतावनी दिएका थिए ।

‘अब हामीलाई बिजनेस प्लान चाहियो । प्रत्येक दिन यहाँको रिपोर्ट हामीलाई मन्त्रालयमा चाहिन्छ । कुन जहाज, कहाँ, कति मिनेट, कति घण्टा डिले भयो ? किन भयो ? कुन जहाज कहाँ, कहिले, कसरी त्यसको चक्का हरायो, मुसाले तार काट्यो ? त्यो रिपोर्ट हामीलाई चाहिन्छ । हामीले पनि त जवाफ दिनुपर्‍यो । बेलुका हामीलाई सोध्छन् मान्छेले । मन्त्रालयबाट फर्कँदा म जहाजको रिपोर्ट हेर्दै फर्कन्छु ।

म ढिलो फर्कन्छु कहिलेकाहीँ त ११ पनि बज्दैछ । म ८/९ बजे त मन्त्रालयमा अनिवार्य रुपमै हुन्छु । यसको रिपोर्ट के माध्यामबाट तपाइँहरूले पठाउने हो, रिपोर्ट मलाई चाहिन्छ । मन्त्रालयलाई रिपोर्ट चाहिन्छ । जे जे भयो भइसक्यो अब । आजसम्म जे जे भयो, आइन्दा त्यस्तो नहोस् । नीतिमा हामी छौं । तपाइँहरूले काम, कार्ययोजना, कार्यक्रम लिएर यसलाई साँच्चै गौरवको विषय बनाउन प्लान चाहियो,ु मन्त्री किरातीले भनेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय