१५ माघ २०७९, आईतवार
 |   Sun Jan 29 2023
Logo

भिन्तुना होटल थिए पक्राउ परेका पूर्व क्रिकेटर महबुब आलम



विराटनगर । स्पट फिक्सिङको आरोपमा पूर्व क्रिकेटर महबुब आलम आज सोमबार बिहान विराटनगरको भिन्तुना होटलबाट पक्राउ परेका छन् । उनी विराटनगर बसपार्क नजिकैको भिन्तुना होटलबाट पक्राउ परेका एसपी शान्तिराज कोइरालाले जानकारी दिए । महबुबलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उनी हिसान मिटका लागि विराटनगर आएको बेला पक्राउ परेका हुन् । उनलाई कान्तिपुर कलेजले प्रशिक्षकका रुपमा हिसान मिटमा सहभागी हुन विराटनगर बोलाएको थियो । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले महबुब नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा संलग्न रहेको पाएपछि प्रहरीले उनलाई पक्रेको हो ।

उनले नेपाल क्रिकेट संघ ९क्यान० को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय