४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

त्रिभुवन विमानस्थलका हाकिमको कार्यकक्षमा महँगा मदिरा, मोबाइल र लाखौं रुपैयाँ बरामद



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज दिउँसो छापा मार्ने क्रममा काठमाडौंस्थित आन्तरिक विमानस्थल कार्यालय प्रमुखको कार्यकक्षबाट ठूलो परिमाणमा महँगा रक्सी र लाखौं रुपैयाँ फेला परेको छ । आयोगको टोलीले दिउँसो साढे १२ बजेदेखि छापा मार्न थालेको थियो ।

आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडालको कार्यकक्षमा आर्थिक लेनदेन भएको सूचना प्राप्त भएपछि अख्तियारको टोली त्यहाँ पुगेको हो । डेढ लाख रुपैयाँ एउटा ट्राभल एजेन्सीसँग घुस लिएको आरोपमा पुगेको टोलीले खानतलासी गर्दा उनको कोठामा रहेको सेफबाट आठ लाख रुपैयाँ फेला परेको बताइन्छ ।

त्यसैगरी केही थान मोबाइल, रेड लेबल, ब्लाक लेबललगायत महँगा रक्सी पनि फेला परेपछि निजमाथि अनुसन्धान थालिएको छ । अख्तियारको टोलीले प्रहरी वृत्त गौशालाको सहयोगमा छानबिन र अनुसन्धान गरेको छ । उक्त नगद कारोबार कार्यालयको हो वा उनको व्यक्तिगत भन्नेबारे निर्क्यौल हुन बाँकी छ । चुडाललाई प्रहरीले हिरासतमा राखेसङ्गै उनी मुध्दा टुंगो नलागुन्जेलसम्मका लागि स्वतस् निलम्बित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय