
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्नुपर्ने भनी बहस गरेका सरकारी वकिलहरुले उनलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च जानुपर्ने राय तयार गरेका छन् ।
उच्च सरकारी वकिलको कार्यालय, पाटनले उच्च अदालतको आदेश बदरको माग राखी सर्वोच्च अदालतमा निवेदन दिनुपर्ने राय तयार भएको हो । राय सहितको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा पुगेको छ ।