१५ माघ २०७९, आईतवार
 |   Sun Jan 29 2023
Logo

सुदूरपश्चिममा अपराध शुन्यमा झार्न डीआईजी अशोक सिंहको निर्देशन



धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको निरीक्षण गरेका छन्। डिआईजी सिंहले प्रहरी कार्यालयहरुको आन्तरिक तथा बाह्य निरीक्षण गरेका हुन्।

प्रहरी हिरासत, भौतिक संरचना लगायतको निरीक्षणका साथै डीआईजी सिंहले प्रहरी कर्मचारीलाई पालना गर्नुपर्ने आँचरण व्यवहार तथा सेवाग्राहीहरूसँगको बोली ब्यवहारका बारेमा निर्देशन दिएका छन्। डीआईजी सिंह केही दिनअघि मात्र सरुवा भएर सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हाल्न आएका थिए।

उनी प्रदेशको सुरक्षाका साथै प्रहरी कार्यालयको वस्तुस्थिती बुझ्न अहिले प्रदेशका ९ वटै जिल्लाका प्रहरी कार्यालयको निरीक्षण गरिरहेका छन्। प्रहरी नायव महानिरीक्षक सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न मातहतका प्रहरी निकाय एवं संगठनलाई निर्देशन दिएका छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय