१५ माघ २०७९, आईतवार
 |   Sun Jan 29 2023
Logo

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ६ हजार



काठमाडौ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाली बजारमा छापावाला सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको हो। सोमबार १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उच्च मूल्यमा कारोबार भएको छ। महासंघका अनुसार यसअघि सुनको सबैभन्दा धेरै मूल्य गत वर्ष फागुनमा प्रतितोला १ लाख ५ हजार रुपैयाँ पुगेको थियो । अहिले सुनको मूल्यले त्यो रेकर्ड पनि  तोडेको हो। 

चाँदीको मूल्य भने घटेको छ। सोमबार १ हजार ३ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा मंगलबार १ हजार ३ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको हो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय