१५ माघ २०७९, आईतवार
 |   Sun Jan 29 2023
Logo

नयाँ पार्टीको नाम खोज्दै जसपा र एसका नेताहरू



काठमाडौं । ‘उसो भए पार्टीको नाम एकीकृत समाजवादी भनौँ, कम्युनिष्ट नभनौँ..’ भन्दै पार्टी एकताका लागि वार्तामा बसेका नेताहरू नमिलेको कुरा मिलाएर जाने कि मिल्ने कुरा मिलाउँदै जाने भन्ने अलमलमा परेका छन् । नेकपा (एकीकृत समाजवादी) र जसपाबीच एकताका लागि गठित कार्यदलको बैठक गत शुक्रवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दा त्यस्तो कुरा उठेको हो । एकथरिको प्रस्ताव थियो, ‘मिल्नेजति कुरा मिलाएर जाऔँ, नमिलेका बुँदा शीर्ष तहलाई जिम्मा लगाऔँ ।’ उनीहरूबीच विशेषतः नेतृत्व र कमिटीहरूको संरचनाजस्ता समस्या छिनोफानो लगाउन समस्या भएको छ ।

समाजवादी पार्टी त हुने, तर कुन मोडलको कार्यदिशा अबलम्बन गर्ने ? समाजलाई हेर्ने दृष्टिकोण, वर्गीयताप्रतिको धारणा, विश्व राजनीतिदेखि आन्तरिक राजनीतिलाई विश्लेषण–संश्लेषण गर्ने सवालहरू अझै मिलेका छैनन् । कम्युनिष्टहरूले कम्युनिष्ट पाराको समाजवाद, गैरकम्युनिष्टहरूले उदार पुँजिवादलाई प्रश्रय पुग्ने समाजवादको व्याख्या गर्न चाहेका छन् । यी समस्या मिलाउन शीर्ष तहमा जाने भनिएको छ । जसपाका वार्ताकारहरू पार्टीको नाममा कम्युनिष्ट नराखौँ भनिरहेका छन्, एकीकृत समाजवादीका नेताहरू कम्युनिष्ट नभनिँदा आफूहरूको राजनीतिक मौलिकता नै लोप हुने ठान्दैछन् ।

वार्तामा जसपाका नेताहरूको प्रश्न थियो, ‘कतै एकताको नाममा हामीलाई सरकारमा जानबाट रोकेको, सरकारप्रति अविश्वास होस् भनेको त हैन रु’ एकीकृत समाजवादीका नेताहरूको जवाफ थियो, ‘हैन, हामीले साँच्चैको एकता गर्रौँ भनेको हो ।’ यसरी दुई पार्टीबीच एकता सम्भव भयो भने उक्त पार्टी रवि लामिछाने नेतृत्वको रास्वपाभन्दा ठूलो र संसदमा चौथो पार्टी हुन्छ ।

अर्कातिर, जसपाभित्र अशोक राई समूहकै नेताहरू उनको कार्यशैलीसँग सन्तुष्ट छैनन् । पार्टीभित्र तोकिएको निर्वाचन प्रक्रियाअनुसार जाने सल्लाह थियो । नोमिनेशन गरिदिएको भए छोड्दा पनि छलफल भएर छोड्नुपर्ने हुन्थ्यो । एकजना नेताले भने, ‘नोमिनेशन नै नगरिदिएपछि के लाग्छ र रु मधेसवादी साथीहरूले पनि आफैँ छोडेपछि हामीले के भन्ने भन्दै हुनुहुन्थ्यो ।’

खासमा अध्यक्ष उपेन्द्र यादव संसद छिर्नका लागि बाराबाट चुनाव जितेका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने पक्षमा हुनुहुन्थ्यो । त्यसो भएपछि उक्त निर्वाचन क्षेत्र खालि हुने र त्यहाँबाट आफू चुनाव उठेर सांसद बन्ने योजना हो उहाँको ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय