
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले कीर्तिपुर अस्पतालमा पुगेर आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । आचार्यको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा. कार्की कीर्तिपुर अस्पताल पुगेकी हुन् ।
अस्पतालमा आचार्यको उपचारमा संलग्न चिकित्सकहरुले उनको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेकोले र अवस्था चिन्ताजनक रहेको राज्यमन्त्रीलाई जानकारी गराएका थिए । आचार्य अहिले होसमा छन् भने राज्यमन्त्री कार्कीले उनको उपचारमा कुनै कसुर नराख्न निर्देशन दिएकी छन् ।