१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

आत्मदाह गरेका आचार्यको शव बुझ्नुअघि परिवारले खोज्यो सरकार, २ बजेसम्म कुर्ने



काठमाडौं । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका आफन्तहरू कीतिपुर अस्पतालमा जम्मा भएका छन्।
बुधबार बिहान निधन भएका आचार्यका परिवार र आफन्तहरू अस्पताल पुगेपनि अहिलेसम्म शव भने जिम्मा लिएका छैनन्।

शव लिनुअघि राज्यको जिम्मेवार निकाय उपस्थित भएर सम्बोधन गर्नपर्ने आफन्तको भनाई छ। मृतक आचार्यका मामा बसन्त भट्टराईका अनुसार मृत्युपछि सरकारको तर्फबाट कुनै पहल भएको छैन्। स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीको सचिवालयमा समेत सम्बोधन गर्नका लागि पहल भएको तर कुनै जवाफ नआएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !