७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

प्रेमप्रसाद आचार्यले नाम लिएकाहरुविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी



काठमाडौ । इलामको सूर्योदय नगरपालिका-११ का ३७ वर्षीय प्रेमप्रसाद आचार्यले मंगलबार संसद भवनअगाडिको नयाँबानेश्वरस्थित सडकमा आत्मदाहअघि फेसबुकमा नाम लिएका व्यक्तिविरुद्ध आत्माहत्या दुरुत्साहनमा जाहेरी दर्ता गरिएको छ।

संसद भवनबाहिर आत्मादाह गर्नुअघि आचार्यले फेसबुक ६ हजार ३३५ शब्दको एक पोस्टमार्फत नाम लिएका व्यक्तिहरुविरुद्ध जाहेरी दर्ता भएको हो।

अधिवक्ता स्वागत नेपालले बिहीबार काठमाडौं प्रहरी परिसरमा आचार्यले नाम लिएका व्यक्तिहरुविरुद्ध जाहेरी दिएका हुन्।

आत्माहत्या दुरुत्साहनको कसुरमा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

मंगलबार संसद भवनबाहिर पेट्रोल खन्याएर शरीरमा आगो लगाएका आचार्यको बुधबार बिहान कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

विभिन्न व्यवसाय गर्दा पनि दलाल, विचौलिया र ठूला व्यापारिक घरानाले शोषण मात्रै गरेको आरोप उनले लगाएका थिए।

आफ्नो लाखौँ पैसा बजारमा फस्दा ६० लाखभन्दा बढी ऋण लागेर व्यवसाय नै डुब्न पुगेपछि आफूले आत्मदाहको निर्णय लिएको उनले उक्त पोस्टमा उल्लेख गरेका थिए।


प्रतिक्रिया दिनुहोस !