१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

पूर्वअर्थसचिव रामेश्वर खनालको छोरीहरूको उपस्थितिमा विवाह सम्पन्न



काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर खनाल हिजोदेखि विवाह बन्धनमा बाँधिनुभएको छ । श्रीमतीको निधनपछि एक्लो जीवन बिताउँदै आएका खनालले त्यस्तै जीवनमा रहनुभएकी महिलासँग लगनगाँठो कसेका हुन् । खनालले दाङ्ग घर भएकी सरिता शर्मासँग विवाह गरेका हुन् । शर्मा २७ वर्षदेखि एउटी छोरीको साथमा रहँदै आएकी थिइन् ।

उनका श्रीमानको निधन हुँदा अढाई वर्षकी छोरीको गत बैशाखमा विवाह गरिएको थियो । शर्माकी छोरी चिकित्सक हुन् भने खनालकी छोरी अध्ययनको क्रममा विदेशमा छिन् । हिजो भएको विवाहमा दुबैका छोरीहरुको उपस्थिति थियो । रामेश्वरकी श्रीमती सुचिता खनालको तीन वर्षअघि अर्बुद रोगका कारण निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस !