१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

नगर प्रहरीका दुःख: न तलब, न ड्रेस



काठमाडौं । काठमाडौं महानगरपालिकामा नयाँ नगर प्रहरीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

प्रदेश निजामती कानुन नबनेका कारण नगर प्रहरी भर्ना गर्न नसकेको भन्दै महानगरले एक वर्षका लागि १६२ जना नगर प्रहरी राख्ने गरी युनिक सेक्युरिटी कम्पनीसँग ४ करोड ३२ लाख ४० हजारमा सम्झौता गरेको थियो ।

कम्पनीमार्फत गएका १३० जना नगर प्रहरीमा कार्यरत छन् । कम्पनीले पठाएका ३५ जनाभन्दा बढीलाई महानगरले अयोग्य भनेर फिर्ता पठाएको थियो । नगर प्रहरीका रुपमा काम गरिरहेकाहरुले पनि तलव र पोशाक पाएका छैनन् ।

सम्झौताअनुसार कम्पनीले मासिक २० हजार ५३२ दिनुपर्छ । भने पोशाक, चुस्ता, सिटी कड, रेनकोट, गमबुट, टर्च लाइट, ज्याकेट सबै महानगरले उपलब्ध गराउनेछ । तर न कम्पनीले तलब दिएको छ, न महानगरले पोशाक ।

एक नगर प्रहरी भन्छन्, ‘हामीलाई पोशाक, चुस्ता, बुट दिने भनेर भर्ति गरिएको थियो, तर फिल्डमा जाँदा नगर प्रहरीको नाममा एउटा खास्टो मात्रै दिइएको छ ।’ उनीहरु काठमाडौं महानगरपालिका लेखिएको फ्लोरोसेन्ट ज्याकेट लगाएर ड्युटीमा खटिने गरेका छन् ।महानगरले सम्झौताअनुसार पोशाक उपलब्ध नगराएका कारण काम गर्न समेत गाह्रो भएको अर्का एक नगर प्रहरीले बताए । उनी भन्छन्, ‘कहिले खाल्डोमा छिर्नुपर्छ, कहिले व्यापारीसँग लाठिमुंग्री पर्छ । पोशाक नहुँदा काम गर्न गाह्रो छ ।’


प्रतिक्रिया दिनुहोस !