१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो



काठमाडौ । भारतको राजस्थानमा सेनाको लडाकु विमान दुर्घटना भएको छ। भरतपुरको उचैन प्रहरी चौकी क्षेत्रको पिङगोरा गाउँ नजिकै विमान खसेर चकनाचुर भएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका छन्। स्थानीयको भीड जम्मा भएको छ।

स्थानीयका अनुसार हेलिकप्टरमा आकाशमै आगो लागेर खसेको थियो। विमान रेलवे स्टेसननजिकै दुर्घटना भएको हो।

यद्यपि विमानमा कति जना पाइलट थिए वा कति जनधनको क्षति भयो भन्ने खुल्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !