१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

दार्चुलामा शनिबार बिहानैदेखि टेलिकमको सेवा अवरुद्ध, मारमा सेवाग्राही



दार्चुला । दार्चुलामा शनिबार आज बिहानैदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिमकले प्रदान गर्ने भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको हो ।

सेवा अवरुद्ध हुँदा हजारौं ग्राहक समस्यामा परेका छन् । बिहानैदेखि टेलिकमको मोबाइल सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको ग्राहकहरुले बताएका छन् ।

सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कमा समेत समस्या भएको ग्राहकहरुको भनाइ रहेको छ । आमसेवाग्राही र सञ्चारमाध्यम तथा कार्यालयहरुको सेवा प्रवाह प्रभावित भएको छ ।

बैतडीमा पनि टेलिकमको सेवा अवरुद्ध भएको पत्रकार गोकर्ण दयालले जानकारी दिए । सेवा अवरुद्ध भएको कारणबारे नेपाल टेलिकमले अहिलेसम्म आधिकारीक जानकारी गराएको छैन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय