८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने पूर्वसञ्चारमन्त्री बस्नेतको घोषणा



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्व प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने घोषणा गरेका छन् । सिन्धुपाल्चोक क्षेत्र– बाट निर्वाचित प्रतिनिधिसभा सांसद बस्नेतले शनिबार स्व आचार्यका परिवारलाई सिनामङ्गलमा भेटेर सान्त्वना दिँदै छोराछोरीको पठनपाठनको जिम्मा आफूले लिने बताएका हुन् ।

भेटमा पूर्वमन्त्री बस्नेतले स्व आचार्यकी श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने र छोराछोरीलाई पठनपाठनको जिम्मा आफूले लिएको बताए ।

आचार्यका छोराछोरीलाई उच्च शिक्षासम्म अध्ययनको व्यवस्था गराउनका लागि अरनिको यातायात सेवा समितिको अध्यक्ष केदार क्षेत्रीलेसमेतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत माघ १० मा आचार्यले संसद् भवन नयाँ बानेश्वर अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार विहान मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !