८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

एक युवकद्वारा आत्मदाहको प्रयास, बचाउन खोज्दा घरबेटीसमेत घाइते



पोखरा । पोखरामा एक युवकले आत्मदहको प्रयास गरेका छन् । काठमाडौंमा केही दिनअघि एक युवकले आत्मदह गरेको घटना सेलाउन नपाउँदै पोखरा महानगरपालिका-१३ काहुँखोला बस्दै आएका एकजनाले आइतबार आत्मदाहको प्रयास गरेका हुन् ।

कास्कीको मादी गाउँपालिका ४५ वर्षीय युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

उनलाई बचाउने क्रममा घरबेटीसमेत घाइते भएको वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले जानकारी दिए । घाइते दुवैजनाको अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा उपचार भइरहेको वडाध्यक्ष बरालले बताए ।


प्रतिक्रिया दिनुहोस !