१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भारतमा स्वास्थ्य मन्त्री दासमाथि उनकै गार्डले ५ वटा गोली हाने, अवस्था चिन्ताजनक



काठमाडौं । भारतमा ओडिशा राज्यका स्वास्थ्य मन्त्री नब दासमाथि आइतवार मध्यान्ह गोली प्रहार गरिएको छ। प्रदेशको ब्रजराजनगरमा एक एएसआईले उनीमाथि गोली हानेका हुन्। यी मन्त्रीलाई ४ देखि ५ वटा गोली लागेको छ। उनको अवस्था चिन्ताजनक छ।

पुलिस अधिकारीका अनुसार नब दास कार्यक्रममा सहभागी हुन ब्रजराजनगर गएका थिए। कारबाट उत्रिनेबित्तिकै उनलाई एक एसआई गोपालदासले नब दासमाथि गोली बर्साए। नव किशोर दासले ओडिशाको झरसागुडा सिटमा सन् २००४ मा पहिलो पटक कांग्रेसबाट चुनाव लडेका थिए। त्यसबेला उनी हारेका थिए।

त्यसपछि उनी सन् २००९ मा कांग्रेसबाटै उठे। २००९ मा जितेका उनले सन् २०१४ मा पनि त्यही क्षेत्रबाट विधानसभाको टिकट काटे। सन् २०१९ मा लगातार तेस्रो पटक चुनाव जितेर उनी विधायक बनेका थिए। नव किशोर दासलाई उनको क्षेत्रमा प्रभावशाली नेता मानिन्छ।

नब किशोर दास सन् २०१५ मा विधानसभा सत्रका क्रममा पोर्न भिडिओ हेर्दै गर्दा समातिएका थिए। त्यसपछि तत्कालीन विधानसभा अध्यक्ष निरञ्जन पुजारीले उनलाई एक साताका लागि निलम्बित गरिदिएका थिए।


प्रतिक्रिया दिनुहोस !