८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

पार्टी सभापति पद गुमेको ४८ घण्टामै रविको कमब्याक



काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनस्स्थापित भएका छन् । केन्द्रीय समितिको बैठकले उनलाई सभापतिमा पुनस् चयन गरेको हो । सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो ।

आज बिहान काठमाडौं प्रशासन पुगेर पुनस् नेपाली नागरिकता कायम गरेसँगै उनी धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेका थिए । कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बसेको बैठकले उनलाई राजीनामाको ४८ घण्टा नबित्दै सभापतिमा लामिछानेलाई पुनस्स्थापित गरेको छ ।
शुक्रबार अर्याल रास्वपाको कार्यवाहक सभापति बनेका थिए ।


प्रतिक्रिया दिनुहोस !