८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

भूकम्प आउने गलत हल्लाले हुम्ला, मुगु र बाजुराका स्थानीय रातभर घरबाहिर



काठमाडौं । भूकम्प आउने गलत हल्ला फैलिएपछि हुम्ला, मुगु र बाजुराका केही स्थानीयहरु रातभर घरबाहिर बसेका छन् । केही दिन पहिले गएको भूकम्पबारे अनुमान लगाउँदै केही स्थानीयले भ्रम फैलाएपछि चिसोमा घरबाहिरै रात बिताएका हुन् । केही स्थानीय आगो बालेर बाहिरै बसेका छन् ।

नागरिकलाई चिसोमा रातभर घर बाहिर बसाउने गलत काम गर्ने व्यक्तिलाई कारबाहीका लागि खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालय हुम्ला र मुगुले जनाएको छ ।

त्यस्ता, मित्था हल्ला फैलाउनेलाई कारबाहीका लागि सहजीकरण गर्न प्रशासनले अनुरोध गरेको छ । गत माघ १० गते बाजुरालाई केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।


प्रतिक्रिया दिनुहोस !