२४ मंसिर २०८०, आईतवार
 |   Sun Dec 10 2023
Logo

संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि सत्तापक्ष र प्रतिपक्षको बैठक आज बस्दै



काठमाडौं–संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि भागबण्डा गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरुले आज बिहीबार छलफल गर्ने भएका छन्।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक सहभागी हुने जनाइएको छ।

लामो समय संवैधानिक निकायमा रिक्त भएकाले सत्ता पक्ष र प्रतिपक्ष बसेर छलफल गर्न लागेको नेकपा स्थायी कमिटी सदस्य नेम्वाङले जनाएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्न संवैधानिक आयोग तथा केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारी रिक्त रहेको स्थितिमा सरकार र प्रतिपक्षबीच छलफल तथा सहमतिपछि नियुक्तिको प्रक्रिया अघि बढ्ने जनाइएको छ। सबै संवैधानिक आयोगका ४१ पद रिक्त रहेका छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय