७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अस्ट्रेलियामा बिरामीलाई थप्पड हानेको आरोपमा नेपाली नर्स पक्राउ



काठमाडौं । अस्ट्रेलियाको एक नर्सिङ होममा कार्यरत नेपाली नर्स पक्राउ परेकी छन् । नर्सिङ असिस्टेन्टका रुपमा कार्यरत अमृता पाण्डे पक्राउ परेको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नर्स पाण्डेले बिरामीलाई थप्पड हान्नुका साथै ठेलेको आरोप लगाइएको छ । वर्किङ भिसामा एस्टिया हेल्थमा कार्यरत पाण्डेले उमेरले पाका बिरामीको हेरचाह गर्दै आएकी थिइन् ।

केही बिरामीलाई पाण्डेले पिटेको आरोप लगाइएको छ । नर्सिङ होम्सकै अन्य कर्मचारीको उजुरीका आधारमा पाण्डे पक्राउ परेकी हुन् ।


प्रतिक्रिया दिनुहोस !