१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयद्वारा सर्वोच्चमा निवेदन



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई थुना राखेर कारबाही गर्नुपर्ने माग गर्दै महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको छ । लामिछानेलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेश त्रुटिपूर्ण रहेको उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको हो ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता संजीवराज रेग्मीका अनुसार उच्च अदालत पाटनले धरौटीमा छाड्न गरेको आदेश कानुनी हिसाबले मिलेको छैन । त्रुटिपूर्ण छ । त्यसैले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न उच्च अदालत पाटनले दिएको धरौटीमा छाड्ने आदेश परिवर्तन गर्नुपर्छ । त्यस्तो गर्नुका कानुनी आधार र व्यवस्थासहित हामी सर्वोच्च गएका हौं । थुनामै राखेर कारबाही गर्नुपर्ने प्रकृतिको मुद्दा भएकाले हामी सर्वोच्चमा सोही माग लिएर गएका हौं, प्रवक्ता रेग्मीले भने ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय