१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

रवि लामिछानेको राहदानीबारे अनुसन्धान गर्न काठमाडौँ प्रहरीमा उजुरी



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको राहदानीबारे अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल ९सफल०ले मंगलबार काठमाडौँ प्रहरी प्रमुख ९एसएसपी० दान बहादुर कार्कीलाई भेटेर उजुरी दिएका हुन् ।

खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न पौडेलले माग गरेका छन् । तर, प्रहरीले उनको जाहेरी दर्ता गरेको छैन । नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको हुनाले जाहेरी दर्ता नगरिएको काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए ।

पौडेलले अध्यागमन विभागमा पनि उजुरी दिएका छन् । लामिछानेले २०७० साल ९सन् २०१४०मा अमेरिकी नागरिकता लिएपछि उनको नागरिकता कानुन अनुसार निष्क्रिय भएको थियो । २०७५ मा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिएर उनले पुरानो नागरिकता आफूखुसी चलाएका थिए ।

सर्वोच्चको फैसला अनुसार उनले फेरि नागरिकता लिए । तर, उनको पासपोर्ट सम्बन्धी विवाद टुङ्गो लागेको छैन । २०७२ जेठ १३ मा उनले लिएको पासपोर्ट ‘विवादित’ छ । यद्यपि उनले सोमबार ९माघ १५०मा सो पासपोर्ट राहदानी विभागलाई फिर्ता गरेका छन् ।

अमेरिकी नागरिक छँदै रविले लिएको भनिएको पासपोर्टबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकतासँगै राहदानीबारे पनि छानबिन गर्न मङ्सिर १५ मा जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेको थियो । त्यसअघि नागरिकता र राहदानीबारे गृह मन्त्रालयमा उजुरी परेको थियो ।


प्रतिक्रिया दिनुहोस !