१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

रविलाई गृहमन्त्री बनाउन माग गर्दै ओली र लिङ्ग्देनको डेलिगेसन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगको कसूरमा छानविन हुनसक्ने चर्चाका बीच उनैलाई गृहमन्त्री बनाउने विषयले सत्ता गठबन्धनमा विवाद चर्किएको छ । नागरिकता विवादमा मुछिएर अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री गुमाएका र आइतबार नयाँ नागरिकता बनाएपछि पुनस् सोही जिम्मेवारीमा फर्कन प्रयास गरिरहेका लामिछानेलाई ुरोक्ने र बोक्नेु बीचको तनावले गठबन्धनमा विवाद बढेको छ ।

लामिछानेलाई तत्कालै गृहमन्त्री बनाउनुपर्ने अडानमा रहेका एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्ग्देनले आज एकैसाथ प्रधानमन्त्रीलाई भेटेका छन् । लिङ्ग्देन र ओली बिहानै बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन् ।

लामिछानेले पुनः नेपाली नागरिकता लिएसँगै पूर्व समझदारीअनुसार उनलाई गृहमन्त्री बनाउनुपर्ने तर्क गर्दै आउनुभएका ओलीले प्रधानमन्त्रीसँगको भेटमा त्यही कुरा दोहोर्याएको बताइएको छ । तर,प्रधानमन्त्री प्रचण्ड भने फैसलाको पूर्णपाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री बनाउन नहुने पक्षमा हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डलाई हिजो बिहान बालुवाटारमा भेटेका लामिछानेले गृहमन्त्रालय आफूले नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको भोलिपल्ट प्रचण्ड,ओली र लिङ्देनबीच छलफल भएको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय