१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सत्तापक्षकै सांसदको जुहारी चलेपछि कांग्रेसलाई हाईसन्चो भयो : रमेश लेखक



काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट संविधानको रक्षा नहुने दाबी गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्षकै सांसदको जुहारी परेपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले यस्तो दाबी गरेका हुन् । बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘हामीलाई सन्चो भएको छ । हाम्रो काम पनि उहाँहरुले नै गरिदिनुभएको छ । विपक्षी दलको काम पनि सत्ता पक्षले गरेपछि हाम्रो काम थोरै हल्का भएको छ ।’

अहिलेको आधारभूत विषयमै मतान्तर भएको सरकार भएकाले कसैको बारेमा कसैसँग कुरा नमिल्ने उनले तर्क गरे । सांसद लेखकले भने, ‘एकथरि सरकारमा रहेका साथीहरु संघीय लोकतान्त्रिक गणतन्त्रको वकालत गरिरहेका छन् । अर्कोथरि यो देशमा गणतन्त्र त कुनै हालतमा हुँदैन भनिराख्नुभएको छ । आजै तपाईंहरुले सुनिराख्नुभयो राजतन्त्र ल्याउने कुरा भइरहेको छ । अर्कोथरि संघीयता कुनै हालमा हुँदैन भनिरहेका छन् । यो त तमासाको सरकार भयो ।’ आजको प्रतिनिधिसभाको बैठक हेरेपछि यो सरकारले देश र जनताको लागि केही गर्न नसक्ने प्रस्ट भएको उनले टिप्पणी गरे ।


प्रतिक्रिया दिनुहोस !