६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

आफ्नी बुहारीलाई जागीर खुवाउन मन्त्रीले दिए मन्त्रालयलाई तोकादेश



पोखरा । गण्डकीका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहाकी बुहारीलाई जागिर दिन भन्दै प्रदेशकै एक मन्त्रालयले विभागीय कार्यालयलाई तोकादेश पठाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले मातहतको यातायात व्यवस्था कार्यालय नवलपुरलाई पत्र लेखेर कम्प्युटर अपरेटर पदमा व्यवस्थापन गर्न भनेको छ । मन्त्रालयले कम्प्युटर पदमा नियुक्त हुने कर्मचारीको नामसहित कार्यालयलाई नै सेवा करारमा नियुक्त गर्न भन्दै पत्र पठाएको हो ।

प्रदेशका कानुनमन्त्री गाहाकी बुहारी सजिना थापालाई मन्त्रालयले पत्र लेखेर नियुक्त गर्न लगाएको हो । उनको शैक्षिक योग्यता १०+२ र कम्प्युटरको अफिस प्याकेज रहेको मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ ।

गत माघ ६ गते मन्त्रालयले लेखेको पत्रमा लेखिएको छ, “गण्डकी प्रदेश सरकारबाट वार्षिक स्वीकृत अस्थायी दरबन्दी तेरिज अनुसार त्यहाँ कार्यालयमा रहेको अस्थायी कम्प्युटर अपरेटर पाँचौँ तहको रिक्त पदमा तपशील अनुसार योग्यता भएका निवेदकलाई नियमानुसार कार्यालयबाट नै सेवा करारमा व्यवस्थापन हुन आदेशानुसार अनुरोध छ ।”


प्रतिक्रिया दिनुहोस !