
काठमाडौं । जबरजस्तीकरणीको कसुरमा धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतमा शुक्रबार हुने सुनुवाई न्यायाधी फुयाँलको इजलासमा तोकिएको हो।
उच्च अदालत पाटनले २० लाख रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएपछि सन्दीप ९९ सय दिन थुनामा बसेर रिहा भएका थिए। तर महान्यायाधिवक्ताको कार्यालयले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नपर्ने मागथसहित सर्वोच्चमा निवेदन दिएपछि आजका लागि पेसी तोकिएको हो।
उच्च अदालतको आदेशले छुटेका सन्दीप आजैबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किँदैछन्। यता सर्वोच्च अदालतमा भने उनले प्रशिक्षण थालेकै दिन थुनामा पठाउने मुद्दामा सुनुवाइ हुने भएको हो।
नेपाल क्रिकेट संघ क्यानले बिहीबारमात्रै उनलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको थियो। यसअघि माघ १७ गते पोखरामा बसेको क्यान कार्यसमितिको बैठकले सन्दीपमाथिको निलम्बन फुकुवाको निर्णय गरेको थियो।