९ चैत्र २०७९, बिहीबार
 |   Thu Mar 23 2023
Logo

सांसद चौधरीको रिहाइको माग गर्दै लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध



काठमाडौ । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिहाइको माग गर्दै लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ।बैठक सुरु हुने बित्तिकै नागरिक उन्मुक्तिका सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध जनाएका थिए।

त्यसपछि सभामुखले दलका नेता धर्म चौधरीलाई बोल्न समय दिए। धर्मले प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिहाइको माग गर्दै सरकार कसले चलाइरहेको छ भन्दै प्रश्न गरे। उनले थारुहरुलाई फेरि जेलमा कोच्ने काम भएको उल्लेख गरे।

बैठक अवरुद्ध गर्ने बताएपछि सभामुख तुलाराम घर्तीले विशेष छलफलको लागि भन्दै १५ मिनेटको लागि बैठक स्थगित गरेका थिए। 

आज बसेको दोस्रो बैठकको सुरुमा बोल्दै नागरिक उन्मुक्तिका अर्का सांसद राजकुमार अहिलेसम्म न्यायको आवाज उठाउनुपरेको बताए। दोस्रो बैठक अहिले चलिरहेको छ।


प्रतिक्रिया दिनुहोस !