
काठमाडौंको पुरानो बानेश्वरमा ७ वर्षीय छोरीको हत्या गरेर बाबुले आत्महत्या गरेका छन्।शनिबार दिँउसो पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा छोरीको घाँटी रेटेर हत्या गरेर बाबु झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
रामेछापको खाँडादेवी गाउँपालिका घर भएका ४२ वर्षीय किशोर भण्डारीले आफ्नै ७ वर्षीय छोरी कृपा भण्डारीलाई हत्या गरेका हुन्। उनीहरु त्यहाँ डेरामा बस्दै आएको र बाँकी थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।