१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

क्यानलाई ‘कारबाही’ गर्न आईसीसीको राय कुर्दै राखेप



काठमाडौं । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता आयोजनामा भएका प्रक्रियागत त्रुटिलाई आधार बनाएर राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघ (क्यान) माथि कारबाही सुरु गर्दैछ । अन्तर्राष्ट्रिय सम्बन्धनप्राप्त निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को राय पर्खिरहेको छ ।

क्यानले ९–२७ पुसमा सम्पन्न गरेको नेपाल टी–२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग व्यापारिक तथा रणनीतिक साझेदार सम्झौता गरेको थियो । तर त्यही कम्पनीको योजनामा स्पट फिक्सिङ भएको खुलेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा प्रतियोगिता चलिरहँदा लाइभ बेटिङ र स्पट फिक्सिङ भइरहेको, श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाएको, खेलाडीले पारिश्रमिक नपाएको लगायतका गम्भीर आरोप लागिरहेकै थियो ।


प्रतिक्रिया दिनुहोस !