१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सेवा शुल्क कटौतिविरुद्ध सशक्त आन्दोलन गर्ने क्रान्तिकारी ट्रेड युनियन महाँसंघको चेतावनी



काठमाडौं । अचानक होटल पर्यटन मजदुरको सेवाशुल्क कटौती पश्चात् बहुमत निकट पर्यटन तथा होटल मजदुर संघहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी ९बहुमत ० निकट क्रियाशिल मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघमा आवद्ध संघ बिशेषतस् पर्यटन क्षेत्रमा जुझारु रुपमा रहेको छ ।

कोभिड( १९ र घटनाक्रम पश्चात् धेरैजसो श्रमिकहरुले रोजगारीबाट गैरन्यायिकरुपमा हात धुनु परेको संघको जिकिर छ । पछिल्लो समयमा अर्थात् गत माघ १२ गते सर्वोच्च अदालतको सम्बन्धित इजलासले यस क्षेत्रमा लिइँदै दामासाही वितरण हुने गरेको सेवाशुल्क आर्थात सर्भिस चार्ज संविधान प्रावधान अनुकुल नरहेकोले खारेज गर्ने फैसला गरेको थियो।

स्वभाविक हो कि अदालतको आफ्नो अधिकारक्षेत्र हुन्छ र पर्याप्त आधार अनुरुप न्यायलय फैसला जारी गर्न बाध्य हुने गर्दछ। तर पनि सम्बन्धित क्षेत्र मजदुर भने मारमा परेको क्रान्तिकारी ट्रेड युनियन महाँसंघको दाबी छ । विश्व श्रम बजारमा समेत सेवाशुल्कको निश्चित परिपाटी भने विगतदेखि नै रहेको जानकारहरु बताउँछन् । डिसेम्बर ३० सन् २००६ यता नेपाली प्रचलन र प्रयोजनमा पनि नियमबमोजिम सेवाशुल्क लागू भएको पाइनेमा यसपश्चात रोकिने देखिन्छ भने मजदुर जिविका कष्टकर बन्ने प्रष्ट देखिन्छ क्रान्तिकारी ट्रेड युनियन महाँसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

फैसलाको दिनदेखि नै विभिन्न प्रतिष्ठानहरुमा श्रमिकहरु आन्दोलित रहेका पाइन्छ, भने सिंगो पर्यटन क्षेत्रमा श्रम सम्बन्ध अस्तव्यस्त देखिन्छ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति मार्फत उपरोक्त संघहरु हाल पर्यटन क्षेत्र श्रमिकहरुको जायज आन्दोलनमा ऐक्यबद्धता जनाउन चाहन्छन। तर पनि आफ्नो संगठन र वैचारिक राजनितिक लाइन अनुरुपको दृस्टिकोण सहित संघर्ष तय गरिने कार्यक्रम रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !