१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

लयमा आउन थाल्यो अर्थतन्त्र, ६ महिनामा ९७ अर्ब १० करोड शोधनान्तर बचत



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा गएको छ । अघिल्लो वर्षको यस्तै अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

निश्चित समयावधिभित्र आवासीय र गैर–आवासीय व्यक्तिरसंस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट तरलताको प्रवाह र घाटा भएमा प्रशोचन हुन्छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो वर्ष चालु खाता भने २९ अर्ब ४७ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !