१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

दस प्रतिशत तलब बढ्दा ७ प्रतिशत महँगी बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ६ महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। ६ महिनाको तथ्याङ्क अनुसार नेपालमा महँगीभन्दा तलब तथा ज्यालाको वृद्धिदर धेरै देखिएको छ। २०७९ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् महँगी ७.२६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत रहेको थियो।

२०७९ पुस महिनामा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क भने १०.२७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ५.७७ प्रतिशतले बढेको थियो।

कुन क्षेत्रको महँगी कस्तो छ ?
चालू आर्थिक वर्षको ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ। खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १६.४३ प्रतिशत, स्वास्थ्यका २२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, विविध वस्तु तथा सेवाको ८.६८ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले बढेको छ।


प्रतिक्रिया दिनुहोस !