१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिट दर्ता, भोलि सुनुवाइ



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिट दर्ता भएको छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध रिट निवेदन दिएका हुन् ।  सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् । आदेशअनुसार आज रिट निवेदन दर्ता भएको हो । भोलि माघ २५ गते पेसी तोकिएको छ । यसअघि सर्वोच्चका रजिष्टारले उक्त रिट दरपीठ गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !