११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ४५ रोपनी जग्गा प्राप्तिको स्वीकृति दिने सरकारको निर्णय



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा प्राप्तिको स्वीकृति दिएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय भएको जानकारी दिइन् ।

“पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको छ,” उनले भनिन् । त्यस्तै, उनले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको बाध्यता अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेको बताइन् । सरकारले खर्च कटौती गरेर मूल्यवृद्धि कम गर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !